
विराटनगर । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय पथरी मोरङको हिरासतबाट भागेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका-३ का २४ वर्षीय सुवर्ण राई र सोही स्थानका २१ वर्षीय सुमन राई छन् ।
उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । उनीहरू लागूऔषध मुद्दाको अनुसन्धानका लागि हिरासतमा थिए । दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 



















