संगालोखबर

विराटनगर । विराटनगरस्थित यातायात कार्यालयको सरकारी छाप र अधिकृतको दस्तखत किर्ने गरेर सेवाग्राहीहरूलाई ठग्ने काम भएको खुलेको छ । किर्ते काममा संलग्न विराटनगर ६ का ३७ वर्षीय कमलकुमार स्वर्णकारलाई प्रहरीले पक्राउ गरेपछि घटनाको रहस्य पत्ता लागेको हो ।

Advertisement

लेखापढी काम गर्दै आएका स्वर्णकारले को ३९ प ९५७९ नं. को मोटरसाइकलको ब्लुबुक नवीकरण गरेको भनी यातायात कार्यालयको नक्कली छाप र छैटौँ अधिकृतको छाप दस्तखत किर्ते गरेको भेटिएको छ । त्यस्तै, अन्य सेवाग्राहीले नवीकरण गर्न दिएको सवारी दर्ता किताबमा पनि नक्कली छाप लगाई आफैले अधिकृतको दस्तखत गरेको भेटिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

किर्ते गरेको सूचना पाएपछि प्रहरीले स्वर्णकारलाई यातायात कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । प्रहरीले उनको घरमा खानतलासी गर्दा ११ थान सवारी दर्ता किताब पनि फेला परेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!