तमोर नदी किनारमा महिलाको शव फेला
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित तमोर नदी किनारमा महिलाको शव फेला परेको छ । शनिबार दिउँसो सडिसकेको अवस्थामा महिलाको शव फेला परेको हो ।
प्रहरीका अनुसार शव सुनसरीको धरान उपमहानगरपालिका-२ निकेतन मार्गकी ६५ वर्षीय मीना शाक्यको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले मृतकका छोराबाट शवको सनाखत भएको जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि धरा...






























