मोरङको रंगेलीमा आगजनी र तोडफोड गर्ने आठ जना पक्राउ
विराटनगर । मोरङको रंगेलीबाट सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली नगरपालिका-३ का भुपाल भण्डारी, रंगेली-७ का आनन्द साह, रंगेली-४ का रमेशकुमार मण्डल र रंगेली-३ का रुपक गौतम छन् ।
यस्तै रंगेली-६ का रूपेश यादव, कहटरी-२ का समिर क्षेत्री, सोही स्थानका दोर्जे प्रतीक तामाङ र जहदा-१ का गणपत यादव पक्राउ परेका हुन् । गत भदौ २४ गते भएको जेनजी आन्...































