प्रदेश १ मा थपिए २४ कोरोना संक्रमित, १३३ डिस्चार्ज
विराटनगर । प्रदेश १ मा आइतवार २४ जना कोरोना संक्रमित थपिएका छन् । ३५८ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १३, सुनसरीमा ७, धनकुटामा २ तथा पाँचथर र भोजपुरमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ५, उर्लाबारी, पथरीशनिश्चरे र लेटाङमा २/२, रतुवामाई र बेलबारीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको इटहरीमा ६ र कोशी गाउँपालिकामा १ जनामा संक्रमण देखिएक...























