धनकुटा । संसद् विघटनको विरोधमा धनकुटाको पाख्रीवास बजारमा मंगलवारसाँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले राँके जुलुश प्रदर्शन गरेको छ ।
आफ्नै पार्टी नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै त्यसको विरोधमा विद्यार्थीहरुले राँको बोकेर बजारमा प्रदर्शन गरेका हुन् ।
सरकारविरुद्ध नारावाजी गर्दै स्थानीय यलम्बरचौकबाट सुरु भएको राँके जुलुश शिवालय मन्दिर छेउ पुगेर समापन भएको थियो । हात–हातमा राँको बोेकेर निस्किएका उनीहरुले संसद् विघटनविरुद्ध आक्रोस पोख्दै प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गरेका थिए ।