संगालोखबर सम्वाददाता

धनकुटा । कोरोना संक्रमितको उपचारका लागि धनकुटाको छथर जोरपाटीमा कोभिड अस्पताल निर्माण गरिएको छ । गाउँपालिकाले सामुदायिक भवनमा निर्माण गरेको ५ बेडको अस्पतालको सोमबार उद्घाटन गरिएको छ ।

Advertisement

प्रदेश सांसद ईन्द्रमणी पराजुलीले रिवन काटेर अस्पताल उद्घाटन गरेका हुन् । अस्पताल सञ्चालन भएकाले अब छथर जोरपाटी गाउँपालिकावासीले जिल्ला बाहिर गएर कोरोनाको उपचार गर्नुपर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए ।

उनका अनुसार उक्त कोभिड अस्पतालबाट कोरोनासहित अन्य स्वास्थ्य उपचार सेवा पनि दिइनेछ । अस्पतालमा डाक्टरसहित ६ जना स्वास्थ्यकर्मीको टोली खटिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!