संगालोखबर सम्वाददाता


विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रदेश नं. १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ । बहुमत सांसदहरुको बिहिबार बसेको बैठकले मुख्यमन्त्री राईलाई संसदीय दलको नेतावाट हराएर प्रदेश इन्चार्ज भीम आचार्यलाई चयन गरेको हो ।

बैठकमा ३६ सांसद उपस्थित थिए । प्रदेश १ का ९३ सांसद मध्ये नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाको हस्ताक्षरमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । प्रचण्ड–नेपाल समूह राईलाई हटाएर नेता आचार्यलाई मुख्यमन्त्री बनाउँ लागिपरेको छ ।

Advertisement

यता, केपी ओली समूह भने काँग्रेस लगायत अन्य दलसँग गठबन्धन गरेर भएपनि राईलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने योजनामा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!