संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप चार जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा गरिएको पीसीआर परीक्षणमा चार पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

Advertisement

धनकुटा–१ का २८ बर्षीय, धनकुटा–४ का ३३ बर्षीय, धनकुटा–५ का ४३ बर्षीय र धनकुटा–६ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका प्रवक्ता राजन पोख्रेलले जानकारी दिए ।

योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ । जसमध्ये १० जना होम आईसोलेशनमा छन् भने वाँकी संक्रमित निको भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!