बिराटनगर । बिराटनगर महानगरपालिका–३ पिपल चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बिराटनगर–४ का ७५ बर्षीय राम प्रसाद पोखरेल छन् ।
बिहान करिव ८ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एनएल ०१ एल ५७८४ नम्बरको भारतीय लहरीले जेब्राक्रसिङमा बाटो काट्दै गरेका पोखरेललाई ठक्कर दिएको थियो ।
लहरीको ठक्करबाट घाईते भएका पोखरेलको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने लहरी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।