संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर, कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातीको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्हिको शुभकामना व्यक्त गरेका छन् ।

Advertisement

वुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यहाँ मनाइने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् । यस प्रकारका मौलिक साँस्कृतिक चाड पर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको सन्देशमा उल्लेख छ ।

धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्यसमेत रहेको मुख्यमन्त्री राईले उल्लेख गरेका छन् । मुख्यमन्त्री राईले सुरक्षित र सजगता अपनाएर चाडपर्व मनाउन आग्रहसमेत गरेका छन् । ‘विगत वर्षहरुमा हर्षाेल्लासका साथ मनाउँदै आएका हाम्रा चाडपर्वहरु यसबर्ष कोरोना भाइरसका कारण असहज र अप्ठ्यारो परिस्थितिमा मनाउनु परेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न जो जहाँ छौं, त्यही बसेर सुरक्षित तवरले चाडपर्व मनाउन मेरो विशेष अनुरोध छ ।, शुभकामना सन्देशमा मुख्यमन्त्री राईले भनेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!