धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । सीडीओ केशव प्रसाद विमलीको सरुवा भएर उनको ठाउँमा वासुदेव दाहाल आएका हुन् ।
धनकुटाबाट सरुवा भएर विमली महोत्तरी गएका छन् । यता, गृह मन्त्रालयमा कार्यरत सह–सचिव दाहाल धनकुटाको सीडीओ बनेर आएका छन् । नयाँ आएका सीडीओ दाहाललाई सोमबार प्रशासन कार्यालयका कर्मचारीसहित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका छन् ।
सोमबारवाटै कार्यभार सम्हालेको सीडीओ दाहालले जानकारी दिए । खोटाङ घर भएका दाहाल २६ बर्षअघि २०५१ सालमा निजामति सेवामा प्रवेश गरेका हुन् । यसअघि चार जिल्लाको सीडीओ बनेको कार्यअनुभव सम्हालेका दाहाल पाँचौ पटक सीडीओ बनेर धनकुटा आएका हुन् ।
उनले यसअघि दैलेख, इलाम, रामेछाप र नवलपरासी पश्चिममा सीडीओको रुपमा काम गरिसकेका छन् ।