संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा शुक्रबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १८, मोरङमा ९, सुनसरीमा ६ तथा धनकुटा र इलाममा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको दमकमा १०, मेचीनगर र कनकाईमा २/२, विर्तामोड, भद्रपुर, अर्जुनधारा र स्थानीय तह नखुलेका १/१ जना जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा ८, धनपालथानमा १, सुनसरीको इनरुवामा ३, इटहरीमा २, भोक्राहानरसिंहमा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यता, धनकुटा र इलाममा १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ८१२ पुगेको छ । जसमध्ये २८ हजार ४३० संक्रमित निको भईसकेका छन् ।

प्रदेश १ मा आज १४४ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका १४२ जना संक्रमित निको भएका हुन् । त्यस्तै विराट मेडिकल कलेजबाट २ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!