संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा बुधबार १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ र सुनसरीमा ६/६, झापामा ४, खोटाङमा २ र ताप्लेजुङमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अुसार मोरङको विराटनगरमा २, सुन्दरहरैचा, कानेपोखरी, पथरीशनिश्चरे र बुढीगंगामा १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै सुनसरीको धरानमा ३, इटहरीमा २ र रामधुनीमा १, झापाको कनकाईमा २, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यता, खोटाङको खोटेहाङ, स्थानीय तह नखुलेका १/१ र ताप्लेजुङको सिदिङ्वामा १ जनामा संक्रमण भेटिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ७५५ पुगेको छ । जसमध्ये २८ हजार १८० संक्रमित निको भईसकेका छन् ।
प्रदेश १ मा होम आईसोलेशनमा रहेका २४० जना कोरोना संक्रमित आज संक्रमणमुक्त भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!