मोरङ । मोरङका तीन छुट्टाछुट्टै स्थानहरुबाट आइतवार दिउँसो लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजे बिराटनगर–१६ बाट सुन्दरहरैचा नगरपालिका–११ का ३२ बर्षीय कुशल चौधरीलाई पक्राउ गरेको छ ।
उनको साथवाट लुपिजेसिक–६ एम्पुल, एभिल–६ एम्पुल, डाईजेलाब–६ एम्पुल र फेनारगन–६ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तैगरी, इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले दिउँसो करिब १ बजे बिराटनगर–१६ बाट पथरीशनिश्चरे नगरपालिका–२ का २४ बर्षीय अनिके राईलाई पक्राउ गरेको छ । उनको साथबाट लुपिजेसिक–८ एम्पुल, एभिल–८ एम्पुल, डाईजेलाब–८ एम्पुल र फेनारगन–८ एम्पुल फेला परेको छ ।
यता, प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–१ का २८ बर्षीय अनिश नेपालीलाई पनि लागुऔषधसहित पक्राउ गरेको छ । उनको साथबाट नाईट्रोभेट टयाब्लेट २३ पिस, आइपीपीएल–६ एम्पुल, डाईजोल्याव–६ एम्पुल, फेनारगन–६ एम्पुल र एभिल–६ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।