संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर–११ मा निर्माण गरिएको किरात राई यायोक्खाको सामुहिक चुल्हो भवनको उद्घाटन गरिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसर पारेर बुधबार नवनिर्मित २ तले भवन उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मुख्यमन्त्री राईले किरात जातीको परम्परागत मुल्य मान्यता र धर्म संस्कृतिलाई जीवन्त राख्न तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न सामुहिक चुल्होले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

Advertisement

कुल ३ कठ्ठा १५ धुर क्षेत्रफलमा निमार्ण भएको सो भवनवाट बिशेष गरि किराँत, राई, लिम्बु, याख्खा, सुनुवार, याक्थुङ चुम्लुङ र याक्खा छुम्माल जातिहरुलाई पितृ पुजामा सहयोग पुग्ने किरात राई यायोक्खा विराटनगर महानगर कार्यसमितिका अध्यक्ष बिष्णु कुमारी राईले जानकारी दिइन् । भवन निमार्णमा सहयोग गर्ने दाताहरुलाई कार्यक्रममा सम्मानसमेत गरिएको छ ।

संघीय सरकार, प्रदेश सरकार र स्वदेश तथा विदेशमा रहेका विभिन्न दाताहरुको कुल १ करोड १० लाखको लागतमा भवन निर्माण भएको हो । भवनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ लाख, प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले ६० लाख र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले १० लाख बजेट उपलब्ध गराएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!