संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

मोरङ । मोरङको केराबारी गाउँपालिकामा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । ट्याक्टरले किचेर केराबारी–६ बुद्धचोकका जितेन तामाङका ३ बर्षीय छोरा पासाङको मृत्यु भएको हो ।

घर अगाडि पार्किङ गरी राखिएको आफ्नै ट्याक्टरमा पासाङसहित अन्य केटाकेटीहरुसमेत खेलिरहेका थिए । सोही क्रममा गियर चलाउदा ट्याक्टर आफै अगाडि गुडेर  खेलिरहेका पासाङलाई किच्दा उनी घाईते भएका थिए ।

Advertisement

धरानस्थित बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!