मोरङ । मोरङको उलाबारी नगरपालिका–४ आईतबारेमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट मोटरसाईकल चालक दमक नगरपालिका–४ का ३२ बर्षीय प्रदिप कार्कीको मृत्यु भएको हो ।
शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ ख.६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे.६ प.३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा कार्की गंभीर घाईते भएका थिए ।
कार्कीलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।