संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा शनिबार ३० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरीमा ८ र झापामा ६ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको इटहरीमा ४, धरानमा २, रामधुनी र हरिनगरमा १/१, झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमल गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ८४३ पुगेको छ । जसमध्ये २८ हजार ५२५ संक्रमित निको भईसकेका छन् ।

प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ८६ जना संक्रमित निको भएका हुन् । त्यस्तै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!