धनकुटाको छथर जोरपाटीका दुई सय जनाले पाए रोजगारी

धनकुटाको छथर जोरपाटीका दुई सय जनाले पाए रोजगारी

धनकुटा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो बर्ष धनकुटाको छथर जोरपाटी गाउँपालिकाका करिव २ सय जनाले रोजगारी पाएका छन् । रोजगारका लागि परेको ५१८ आवेदन मध्ये बिपन्न, दलित तथा पछि परेको समुदायका १ सय ९१ जनाले १ सय दिनको रोजगारी पाएका हुन् । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत १३ वटा योजना र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत १४ वटा आयोजनामा स्थानीयबासीले ...
रेडियो नेपालको धनकुटा प्रशारण केन्द्र बन्यो उत्कृष्ट, नयराजलाई उत्कृष्ट कर्मचारी पुरस्कार

रेडियो नेपालको धनकुटा प्रशारण केन्द्र बन्यो उत्कृष्ट, नयराजलाई उत्कृष्ट कर्मचारी पुरस्कार

धनकुटा । रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र धनकुटा ‘वेष्ट स्टेशन अफ द इयर’ बनेको छ । रेडियो नेपालको ७१ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय सिंहदरवार आज आयोजित कार्यक्रममा धनकुटा प्रशारण केन्द्रलाई उत्कृष्ट प्रशारण केन्द्रको रुपमा सम्मान गरिएको हो । सात वटै प्रदेशका प्रादेशिक प्रशारण केन्द्र मध्ये उत्कृष्ठ कार्य गरेको भन्दै प्रादेशिक प्रशारण केन्द्र धनकुटाका कार्यालय प्रमुख तिलकराम चौ...
संखुवासभामा बस पल्टियो, १५ यात्रु घाइते

संखुवासभामा बस पल्टियो, १५ यात्रु घाइते

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–४ मा आज यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको बस दोभान रिसोर्ट नजिक दुर्घटना भएको हो । गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । बस...
उदयपुरको गढीका पाँच गाउँमा पहिलोपटक बिजुली

उदयपुरको गढीका पाँच गाउँमा पहिलोपटक बिजुली

उदयपुर । सधैँ अन्धकारमा रहँदै आएको जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो । उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करिब १५० घरधुरीमा बिहीबार पहिलोपटक बिजुली पुग...
धरानबाट लागुऔषधसहित एक जना पक्राउ

धरानबाट लागुऔषधसहित एक जना पक्राउ

धरान । सुनसरीको धरानबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–१५ गणतन्त्र चौकका ३० बर्षीय दुर्गा बहादुर राई छन् । राईको घरमा प्रहरीले खानतलासी गर्दा उनी बस्ने कोठाको टेवुलमा निलो, हरियो कम्मरमा भिर्ने झोलाभित्र लुकाई राखेको अवस्थामा एभिल–६ एम्पुल, डाएजेल्याव–६ एम्पुल र लुपिगेसिक–६ एम्पुल र ५ एमएल दरका सिरिन्ज ५ थान फेला पारेको हो । पक्राउ परेका राईलाई सुनसरी...
पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु

पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फिदिम नगरपालिका–१२ भोटेगाउँका १९ बर्षीय राजु ढुंगाना छन् । बिहान ७ बजे बिजुलीको पुरानो ट्रान्समिटर निकालेर नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लाग्दा ढुंगाना गंभीर घाइते भएका थिए । उपचारका लागि स्थानीय समर्पित अस्पताल पुर्याइएका उनको बिहान १०ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ...
इलाममा ६३ वर्षीया आमालाई बलात्कार गर्ने युवालाई जन्मकैद

इलाममा ६३ वर्षीया आमालाई बलात्कार गर्ने युवालाई जन्मकैद

इलाम । ६३ वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणिन्द्र भट्टराईले बताए । वि.सं. २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर ...
नेपाल ज्योतिष परिषद धनकुटाको अध्यक्षमा भण्डारी निर्वाचित

नेपाल ज्योतिष परिषद धनकुटाको अध्यक्षमा भण्डारी निर्वाचित

धनकुटा । नेपाल ज्योतिष परिषदको धनकुटा अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित भएका छन् । धनकुटा–७ स्थित नर्वदेश्वर महादेव मन्दिर प्रांगणमा भएको परिषदको पाँचौ जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा अम्बिका प्रसाद अधिकारी, उपाध्यक्षमा माधव प्रसाद दाहाल, महिला उपाध्यक्षमा सुनकुमारी राई, सचिवमा सरोज घिमिरे, सह–सचिवमा कुल प्रसाद तिम्सीना, क...
पाँचथरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथर । पाँचथर याङबरक गाउँपालिका–३ ओयाम यलम्बर चौकमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बिहान ६ बजे फिदिमबाट च्याङथापुतर्फ जाँदै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट करिब २ सय मिटर तल खस्दा जीप चालक फिदिम नगरपालिका–२ पल्लोटारका ३६ बर्षीय फुल कुमार राईको मृत्यु भएको हो । दुर्घटनामा परी चालक राई गंभीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पुर्याइएका...
दमकमा वेस्यावृत्ति गराउँने दुई महिला पक्राउ

दमकमा वेस्यावृत्ति गराउँने दुई महिला पक्राउ

झापा । महिलालाई घरमै राखेर वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू छन् । दमक नगरपालिका–६ नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई म...
ओखलढुङ्गामा चट्याङ लागेर महिलाको मृत्यु

ओखलढुङ्गामा चट्याङ लागेर महिलाको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बर्षासँगै चट्याङ पर्दा लागेर खिजिदेम्बा–६ की ५८ बर्षीया पासाङ शेर्पाको मृत्यु भएको हो । मंगलबार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा शेर्पालाई चट्याङले लागेको हो । चट्याङ लागेर घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
विराटनगरमा पत्रकारको प्रदेश कार्यालय भवन निर्माण, मुख्यमन्त्रीले गरे उद्घाटन

विराटनगरमा पत्रकारको प्रदेश कार्यालय भवन निर्माण, मुख्यमन्त्रीले गरे उद्घाटन

विराटनगर । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिले विराटनगरमा आफ्नो भवन निर्माण गरेको छ । विराटनगर महानगरपालिका–५ गणेश चौकमा महासंघको कार्यालय भवन निर्माण गरिएको हो । मुख्यमन्त्री शेरधन राईले आज एक कार्यक्रमकाबीच महासंघको नवनिर्मित भवन उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै मुख्यमन्त्री राईले मूलुक संघीयतामा गएपछि भौतिक संरचना निर्माणले गति पाएको बताए । विराटनगर महानगरपालिकाले उपलब्ध गराएको जग...
भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु

भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु

भोजपुर । भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ  ।  करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए । उनले भने, “माछा मार्ने क्रममा पिखुवाखोलामा एक जना ढलेको भन्ने हामीलाई जानकारी आएपछि प्रहरी टोलीसहित म आफैँ घट...
मोरङको मिक्लाजुङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङको मिक्लाजुङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–६ थामीझोडामा गएराती जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा थामीझोडाका ५० बर्षीय यामबहादुर बोहोरा छन् । छिमेकीको घरमा टिभी हेरेर फर्कने क्रममा राती करिब १० बजे बोहोरालाई जंगली हात्तीले आक्रमण गरेको थियो । जंगलबाट आएका ३ वटा हात्तीले आक्रमण गर्दा बोहोरा गम्भिर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजादै गर्दा राती करिब ११ बजे बोहोराको...
ताप्लेजुङमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–४ डुम्रिसेमा गएराती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । थुम्बेदिन डुम्रिसे सडक खण्डमा राती १० बजे वालुवा बोकेर जाँदै गरेको प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको टिपर घुम्ति मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको हो । दुर्घटनामा परी टिपरका सहचालक लमजुङ दोर्दी ६ किर्ती गाँउका १८ बर्षीय कृष्ण बिकको मृत्य...
विराटनगरमा यस्तो देखियो होली (फोटो फिचर)

विराटनगरमा यस्तो देखियो होली (फोटो फिचर)

विराटनगर । रंगहरुको पर्व होली आज विराटनगरसहित तराइका जिल्लाहरुमा मनाइएको छ । अघिल्ला बर्षहरुमा जस्तो चौक–चौकमा होलीविशेष कार्यक्रम नभएपनि एक आपसमा रंग दलेर सामान्य रुपमा होली मनाइएको हो । होली मनाउँन विहानैदेखि विराटनगर बजारमा वालवालिकादेखि युवा पुस्तासम्मको जमात निस्किएको थियो । होली बिशेष औपचारिक कार्यक्रम नभएपनि उनीहरुले बजारमा डुलेर एक आपसमा रंग दलेर होलीको शुभकामना साटासाट गरेका छन् । होल...
ताप्लेजुङमा रुखले किच्दा एक जनाको मृत्यु

ताप्लेजुङमा रुखले किच्दा एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला–१ सिम्लेमा रुखले किच्दा आज बिहान एक जनाको मृत्यु भएको छ । बिहान करिब ७ बजे दाउरा काट्ने क्रममा रुखले किच्दा सिम्लेका २८ बर्षीय मनकुमार तामाङको मृत्यु भएको हो । स्थानीय कात्तिके सामुदायिक जंगलको चिलाउनेको रूखमा उनी दाउरा काट्न चढेका थिए । सोही क्रममा रुख ढलेर किच्दा तामाङ घाइते भए । उपचारका लागि जिल्ला अस्पताल लगिएका उनको उपचारकै क्रममा दिउँसो साढे १२ बजे मृत्...
दुहबीमा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, एक घाइते

दुहबीमा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, एक घाइते

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–१० स्थित नहरचौकमा आज दिउँसो दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । दिउँसो पौने २ बजे को ९ प ७००० नम्बरको मोटरसाइकल र को ४ प ६११२ नम्बरको मोटरसाइकल जुधेका हुन् । मोटरसाइकल जुध्दा को ४ प ६११२ नम्बरको मोटरसाइकल चालक गढी गाउँपालिका–२ सखुवारे कलरुवाका ३२ बर्षीय संजय चौधरी गंभीर घाइते भएका थिए । उपचारका लागि मोरङको बुढिगंगास्थित बिराट टिचिङ ...
इटहरीमा खन्तीले हानेर एक जनाको हत्या

इटहरीमा खन्तीले हानेर एक जनाको हत्या

सुनसरी । सुनसरीको इटहरीमा आज एक जनाको हत्या भएको छ । इटहरी–२ का ५५ बर्षीय जीवन रेग्मीले स्थानीय ५० बर्षीय केशब कार्कीलाई फलामको खन्तीले हानेर हत्या गरेका हुन् । दिउँसो करिव साढे १ बजे रेग्मीले पहिलेको विवादलाई लिएर खन्तीले भुँडीमा हान्दा कार्की गंभीर घाइते भएका थिए । घाइते कार्कीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा दिउँसो साढे २ बजे ...
१ नंम्बर प्रदेशको प्रदेशसभा बैठक चैत २३ गते बस्ने

१ नंम्बर प्रदेशको प्रदेशसभा बैठक चैत २३ गते बस्ने

  विराटनगर ।  प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २३ गते सोमबार दिनको २ बजे बस्ने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यलाई सूचना जारी गरिएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गत चैत १ गते प्रदेशसभा सचिवालयले सू...
धनकुटाको सिधुवामा चिहानमा डोजर लगाउँदा स्थानीय आक्रोशित

धनकुटाको सिधुवामा चिहानमा डोजर लगाउँदा स्थानीय आक्रोशित

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिधुवास्थित चिहानडाँडामा डोजर लगाएर नेवार समुदायको समाधिस्थल भत्काइएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् । सडक निर्माण गर्ने नाममा एक दर्जन भन्दा बढी चिहान भत्काइएको भन्दै स्थानीय नेवार समुदायले विरोध जनाएका हुन् । स्थानीय डम्वरवहादुर थापाले आफ्नो जग्गामा निजी कृषि फार्म खोलेपछि त्यहाँसम्म जान दुई वटा सडक निर्माण गरेका छन् । दोस्रो सडक निर्माण गर्ने क...
सोलुखुम्बुमा ६ हजार ऋण दिएर चार वर्षदेखि यौन शोषण

सोलुखुम्बुमा ६ हजार ऋण दिएर चार वर्षदेखि यौन शोषण

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ । शनिबार सल्लेरीमा पत्रकारसँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताइन् । आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते ...
उदयपुरमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

उदयपुरमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौदण्डीगढी–२ गगटेका २८ बर्षीय रुपेश लामगादे छन् । गएराती करिव पौने १० बजे चौदण्डीगढी–४ बर्खेडाँडास्थित स्वर्गिय मदन भण्डारी स्मृतिलोक राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार लामगादे ट्याक्टरबाट झरेका हुन् । ट्याक्टरको टायरले छातीमा किच्दा उनी गंभीर घाईते भएका थिए । उपचारका लागि बेल्...
धनकुटा बजारको सरसफाई

धनकुटा बजारको सरसफाई

धनकुटा । धनकुटा बजारमा शनिवार सरसफाई कार्यक्रम गरिएको छ । बागमती सफाइ महाअभियानको प्रेरणाबाट शुरु भएको ‘मेची महाकाली सफाइ अभियान’ अन्तर्गत धनकुटामा पनि सरसफाई गरिएको हो । देशका करिब ५० भन्दावढी स्थानमा सफाइ अभियान सञ्चालन भइसकेको छ । सोही अभियान अन्तर्गत धनकुटाको निशान मन्दिर छेउ तथा परिचय मोड आसपास क्षेत्रमा सरसफाई गरिएको सफाइ अभियानका स्थानीय संयोजक सुवास खनालले जानकारी दिए । धनकुटा नगरपाल...
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सुरु गरे ‘मेरो देश,मेरै उत्पादन’ अभियान

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सुरु गरे ‘मेरो देश,मेरै उत्पादन’ अभियान

विराटनगर । स्वदेशी उत्पादनको प्रवर्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पुर्याउने लक्ष्यले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयूक्त रुपमा तय गरेको राष्ट्रव्यापी मेरो देश, मेरै उत्पादन अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकावीच शुक्रबार भर्चुअल माध्यमबाट अभियान प्रारम्भ गरेका हुन् । वढ्दो व्यापार घाटालाई न्यूनिकरण गरी सन्तुलनमा ल्याउनका साथै स्वदेशी व...
उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ

उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ

उदयपुर । उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका–४ गुरुङ चौरीका ३५ बर्षीय अर्जुन राई छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले राईलाई नाईट्राभेट १० लेखिएको १३ वटा ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका राईको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले ...
भोजपुरमा डढेलो गाउँ पस्यो, छ घर र चार गोठ जलेर नष्ट

भोजपुरमा डढेलो गाउँ पस्यो, छ घर र चार गोठ जलेर नष्ट

भोजपुर । बनमा लागेको डढेलो गाउँमा पस्दा गएराती भोजपुरको हतुवागढी गाउँपालिका–८ मा छ घर जलेर नष्ट भएका छन् । आगोले चार वटा गोठसमेत जलेका छन् । स्थानीय खाङचिम्मा राष्ट्रिय बनमा लागेको आगो बस्तीमा पसेको हो । आगोले खुकैला तल्लो टोलका शान्ता कुमारी राईको घर तथा ग्वाली, अर्जुन राईको दुई वटा घर, कञ्चन राईको २ वटा घर, भीमबहादुर राईको घर तथा तीन वटा ग्वाली जलेर नष्ट भएको भोजपुरका प्रहरी प्रवक्ता एवं प्रह...
धरानमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

धरानमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–८ मा आज साँझ श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय ३७ बर्षीय तिलबहादुर माझीले साँझ साढे ५ बजे ३१ बर्षीया श्रीमती सम्झना राईको हत्या गरेको प्रहरीले जनाएको छ । तिलबहादुरले घाँटीमा खुकुरी प्रहार गर्दा सम्झना गम्भीर घाइते भएकी थिइन् । घाइते सम्झनालाई उपचारका लागि बी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुर्याउँनासाथ साँझ पौने ६ बजे उनको...
धरानबाट खैरो हेरोइनसहित चार युवा युवती पक्राउ

धरानबाट खैरो हेरोइनसहित चार युवा युवती पक्राउ

सुनसरी । धरान उप–महानगरपालिका–१५ बाट लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१५ का २२ बर्षीय सुजन धमला, २५ बर्षीय बिधान आलेमगर, १९ बर्षीया मनुषा तामाङ र धरान १७ का २१ बर्षीय अर्पण धमला छन् । बिशेष सुराकका आधारमा बुधबार ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बिधानको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । खानतलासी गर्दा कोठामा रहेको फ्रिजमा लुकाए राखिएको ११ ग...
मोरङ र पाँचथरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

मोरङ र पाँचथरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

बिराटनगर । मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको कटहरी–४ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु हुँनुका साथै पाँचथरको कुम्मायक–४ वानथाकमा स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको हो । दिउँसो सवा १२ बजे कटहरी–४ रंगेली सडक खण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक धनपालथान–७ का ६० बर्षीय मुस्तफी मियाको मृत्यु भ...
इलामका दुर्गाप्रसादले पाए नागरिकता

इलामका दुर्गाप्रसादले पाए नागरिकता

इलाम । भारतमा ४० वर्ष जेल बसेर केही दिन अघि नेपाल फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहिबार नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालयले तिम्सिनालाई नागरिकता प्रदान गरेको हो । त्यस्तै उनका भाई र भतिजासँगको नाता प्रमाणित पनि गरिएको छ । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि इलामका सहायक प्रमुख जिल्ला अधिकारी धरेन्द्र चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले उनलाई...
error: Content is protected !!