कुमारी बैंकको बार्षिकोत्सव: विराटनगरमा सरसफाई र बृक्षरोपण, प्रदेशभर बिभिन्न कार्यक्रम
विराटनगर । कुमारी बैंकको २० औं बार्षिकोत्सवको अवसरमा शनिवार विराटनगरमा बृक्षरोपण र सरसफाई कार्यक्रम गरिएको छ । बैंकको विराटनगर र बरगाछी शाखाले दुई फरक–फरक स्थानमा बृक्षरोपण र सरसफाई कार्यक्रम गरेर बार्षिकोत्सव मनाएका हुन् ।
विराटनगर शाखाले विराटनगर–७ हाटखोलास्थित परम विश्रान्ति स्थलमा बृक्षरोपण गरेको छ । बैंकका १ नम्बर प्रदेश प्रमुख मनिस श्रेष्ठ, विराटनगर शाखा प्रमुख अंकित पाण्डे, सञ्चालन विभाग...





























