- संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । विराटनगर–१६ हुलास चौकबाट लागुऔषधसहित आज टेम्पु चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान–१६ का २४ बर्षीय निखिल जोशी छन् ।

बिहान करिव साढे ७ बजे को २ ह ५८०६ नम्बरको टेम्पुमा लागुऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस फेला परेकाले टेम्पुसहित जोशीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

पक्राउ परेका जोशीका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!