मोरङ । मोरङको केरावारी गाउँपालिकामा ढुंगाले किच्दा महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा केरावारी–८ आमजुङीकी ४५ बर्षीया कुमारी लिम्बु छन् ।
शुक्रबार दिउँसो साढे १ बजे स्थानीय खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लाग्दा उनी ठुलो ढुङ्गामा अडेस लागेर सितलमा बसेकी थिईन् ।
बसिरहेका बेला सोही ढुङ्गा लडेर किच्दा घटनास्थलमै लिम्बुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।