- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिका-१ सिम्लेस्थित अनिवार्य निःशुल्क माविको नयाँ भवन उद्घाटन गरिएको छ । संघीय सरकारको पुन निर्माण प्राधिकरण अन्तर्गत जिल्ला शिक्षा कार्यलय धनकुटाबाट आर्थिक वर्ष २०७४/७५ मा निर्माण शुरु गरिएको तीन काेठे भवनको निर्माण कार्य पूरा भएपछि उद्घाटन गरिएको हो ।

Advertisement

गाउँपालिकाका अध्यक्ष मनोज राईले भवन उद्घाटन गरेका छन् । कार्यक्रममा वोल्दै गाउपालिका अध्यक्ष राईले सो विद्यालयमा शिक्षक दरवन्दिको व्यवस्थापन गर्ने र यही आर्थिक वर्षभित्र भौतिक सुधारका लागि आवश्यक पहल गर्ने वताए । ३० लाखकाे लागतमा भवन निर्माण भएकाे विद्यालयले जनाएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!