- संगालोखबर सम्वाददाता

उदयपुर । उदयपुरमा स्कूल बसको ठक्करबाट आज एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौदण्डीगढी–१० ईक्राहाका ६२ बर्षीय जग नारायण श्रेष्ठ छन् ।

Advertisement

बिहान करिव सवा १० बजे चौदण्डीगढी–१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कूल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले श्रेष्ठलाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ठक्कर दिने बस र चालक चौदण्डीगढी–१० का ३८ बर्षीय रत्न बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!