संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा गरिवी निवारणका लागि सीप विकास तालिम शुरु भएको छ । गाउँपालिकाको गरिवी निवारण कार्यक्रम मेड्पाको आयोजनामा सहिदभूमि-३ मा तालिम सञ्चालन भईरहेको छ ।

Advertisement

यसअघि उद्यमशिलता विकास तालिम लिएकाहरु मध्येबाट १ सय १० जनालाई तालिममा सहभागी गराईएकाे तालिम सहजकर्ता आकृती राईले जानकारी दिइन् । मेड्पाको तर्फबाट ९० र गाउँपालिकाको तर्फबाट २० जनालाई सहभागी गराईएको हो ।

तालिममा सिलाई कटाई, डोनट, दालमोट भुजिया वनाउने, क्रिष्टलको माला चुरा वनाउने,अचार वनाउने, हाते ओझेरी स्वेटर वुन्ने र विद्युत मर्मतको शीप सिकाईने छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म सञ्चालन हुने यो तालिम लिईसकेपछि पनि सहभागीहरुले आफ्नो व्यवहारमा सीप उतारे नउतारेको वारे तीन वर्षसम्म निगरानी गरिने जनाईएको छ ।

शहिदभूमि गाउँपालिकाका प्रतिव्यक्ति आय ३८ हजार १ सय २९ भन्दा कम भएकाहरुलाई स्वरोजगार वनाउन र उनीहरुको आयआर्जन वृद्धी गर्ने लक्षका साथ तालिम प्रदान गरिएकाे गाउँपालिकाका अध्यक्ष मनाेज राईले बताए । अब यही तालिम २ र ४ नं वडामा सञ्चालन गरिने बताइएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!