संगालोखबर सम्वाददाता

मोरङ । मोरङ जहदा १ भुटाहा चोकमा निर्माणाधिन बाटोमा स्काभेटरको बकेटले लाग्दा अप्रेटरको मृत्यु भएको छ । मृत्यु हुँनेमा सोही स्काभेटरका अप्रेटर ताप्लेजुङ्गका २६ बर्षीय दिपक तामाङ छन् ।

Advertisement

शुक्रबार दिउँसो साढे २ बजे स्काभेटरमा तेल हालेर चेकजाँच गर्दै गर्दा स्काभेटरको वकेट खुस्किएर अप्रेटर तामाङलाई लागेको थियो ।

वकेटले लागेर गंभीर घाइते भएका तामाङलाई उपचारका लागि कोशी अस्पताल लैजादै गर्दा दिउँसो साढे ३ बजे बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!