
सुनसरी । सुनसरीको इनरुवा नगरपालिकामा साइकल चोरी गर्दै गर्दा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा–२ का ५० बर्षीय अश्रुधिन मिया छन् ।
शनिबार बेलुका ८ बजे बराहक्षेत्र–१० स्थित प्रकासपुरमा लागेको साप्ताहिक हटियामा पार्किङ गरेर राखिएको साईकल चोरेर लैजादै गर्दा मिया पक्राउ परेका हुन् ।
उनको साथबाट ४ ओटा साइकलको चाबी र साइकल खोल्न प्रयोग गर्ने मास्टर चाबीसमेत फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।