संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अपाङ्गता भएका १३ जनालाई सहायक सामाग्री प्रदान गरेको छ । गाउँपालिकाले कार्यक्रम आयोजना गरेर अपाङ्गता भएका व्यक्तिहरुलाई सामाग्री हस्तान्तरण गरेको हो ।

Advertisement

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको पहिलो चरण अन्तर्गत ४९ जनालाई सहायक सामाग्री वितरण गरिएको पुनःस्थापना कार्यक्रमका सी.बी.आर.सहजकर्ता प्रदिप ओझाले जानकारी दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु, उपाध्यक्ष भीमकला श्रेष्ठ लगायतले ९ जनालाई ट्रिपोट स्टिक, २ जनालाई एङ्कल बाइन्डर, १ जनालाई वाकर र १ जनालाई ह्वाईट स्टिक प्रदान गरेका छन् ।

सामाजिक बिकास मन्त्रालय, गाउँपालिका र करुणा फाउण्डेशनको त्रिपक्षिय साझेदारीमा ०७६ सालबाट शुुरु भएको यो कार्यक्रम ती बर्षसम्म सञ्चालन हुँनेछ । चालु आर्थिक बर्षमा यस कार्यक्रमका लागि ५१ लाख खर्च गरिने महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले बताइन् । छथर जोरपाटीमा अपाङ्गता भएका ३१० जनालाई परिचय–पत्र वितरण गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!