- संगालोखबर सम्वाददाता
फायल तस्बीर

सुनसरी । कोशी नदीमा आज हामफालेका झापाका एक बृद्धाको सकुशल उद्धार गरिएको छ । अपरान्ह सवा ४ बजे कोशीमा हामफालेका बिर्तामोड नगरपालिका–३ का ८४ बर्षीय जोगिन राजवंशीको सकुशल उद्धार गरिएको हो ।

बृद्धले हामफालेको खबर पाएपछि प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको टोलीले स्थानीय माझीहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा बृद्धलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!