- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका–१ मा डढेलोका कारण आज दुई वटा घर जलेर नष्ट भएका छन् । त्रिवेणी सामुदायिक वनमा शनिवारदेखि लागेको डढेलोका कारण नर बहादुर वोगटी र उनका छोरा राज बहादुर वोगटीको घर जलेर नष्ट भएको वडा नं १ का वडा सदस्य सोम बहादुर राना मगरले जानकारी दिए ।

टिनको छानो भएको काठको एउटा र फुसको छाना भएको ढुंगा माटोले बनेको एउटा घर पूर्ण रुपमा जलेका छन् । आगलागीबाट गोठ, बाख्राको खोर र ४ वटा बाख्रासमेत जलेका छन् । घरमा रहेका भाडा वर्तन, लत्ता कपडा, अन्नसहितका समाग्री जल्दा करिव ७ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागी पीडित परिवार अहिले आफन्तको घरमा बसेका छन् । उनीहरुलाई गाउँपालिकासँग समन्वय गरी राहत उपलब्ध गराईने वडा सदस्य मगरले बताए ।

त्रिवेणी सामुदायिक वनदेखि सुरु भएको डढेलो अहिले खैरेनी सामुदायिक वनको बीच भागमा पुगिसकेको छ । डढेलो नियन्त्रणका लागि स्थानीयसहित प्रहरीले प्रयास जारी राखे पनि हावाहुरीका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!