- संगालोखबर सम्वाददाता

धनकुटा । भेडेटार नजिक शनिवार दिउँसो पिकअप भ्यान र मोटरसाइकल ठक्कर खाँदा दुई जना घाइते भएका छन् । धरानबाट भेडेटारतर्फ आउँदै गरेको को ३४ प ७६९७ नम्बरको मोटरसाइकललाई विपरित दिसाबाट जाँदै गरेको प्रदेश–१–०२–००२ च ४०६० नम्बरको भ्यानले भेडेटार नजिक देवीथानमा दिउँसो करिब ३ः३० बजे ठक्कर दिएको हो ।

Advertisement

ठक्करबाट मोटरसाइकलमा सवार सप्तरीको खड्ग नगरपालिका–८ का २५ बर्षीय अल्टाफ खान र धरान–७ शान्तिपथकी २१ बर्षीय पुजा खाती घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक खानको खट्टा भाचिएको छ ।

घाईते दुवैजनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ठक्कर दिने भ्यान र चालक सुनसरीको इनरुवा–४ का ३९ बर्षीय विनोद गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!