झापा । झापाबाट लागुऔषध ब्राउन सुगरसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकबल–२ का २८ बर्षीय सञ्जय लामा छन् ।
विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले दिउँसो करिव पौने २ बजे कचनकबल–२ सुकुनाडिकीबाट लामालाई २५ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उनको साथबाट ब्राउन सुगर तौलीने तराजुसमेत बरामद भएको छ । पक्राउ परेका लामाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।