- संगालोखबर सम्वाददाता

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–४ छेम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । सोमबार बेलुका करिव ६ बजे धरानबाट भोजपुरतर्फ आउँदै गरेको ना ३ ख ३२० नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकधनी मोरङको पथरीशनिश्चरे–८ का ४३ बर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement

त्यस्तै चालक अरुण–६ जरायोटारका २० बर्षीय जनक बहादुर खड्का गंभीर घाइते भएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमो उनको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ट्रक अनियन्त्रित भई सडकको बाँया भित्तामा अगाडिको भाग जोतिएर दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!