संखुवासभाबाट वेवारिसे अवस्थामा अवैध औषधी र क्लिप बरामद
संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका–१ बसपार्कस्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी गस्ति टोलीले करिव ३ लाख ६३ हजार २ सय ५० रुपैंया मूल्य बराबरको अवैध औषधी तथा क्लिप बरामद गरेको हो ।
अवैध रुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा, कृषि बालीमा प्रयोग हुने ...






























