संगालोखबर सम्बाददाता

धनकुटा । १० बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा धनकुटा नगरपालिका–९ छिम्सुवाका एक युवा पक्राउ परेका छन् । घटनापछि पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि फरार भएका २० बर्षीय सरोज भनिने गोपी बस्नेत मोरङ्गस्थित नेपाल–भारत सिमावर्ती क्षेत्रबाट शुक्रबार पक्राउ परेका हुन् ।

Advertisement

घटना गत असोज ९ गतेको हो । घटना भएको तीन महिनापछि बस्तेत पक्राउ परेका हुन् । वालिका गोठालो गएका बेला बस्नेतले उनीमाथि बलात्कार गरेको आरोप छ । वालिकाले घटनाको बारेमा बताएपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । आफुविरुद्ध उजुरी परेपछि बस्नेत फरार भएका थिए ।

खोजतलास गर्ने क्रममा उनलाई मोरङ्गस्थित भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । ‘जबरजस्ती करणीको उजुरी परेपछि फरार भएका बस्नेतलाई हामीले खोजी गरिरहेका थियौं । सिमावर्ती क्षेत्रमा लुकिछिपी बस्दै गरेको अवस्थामा भेटेर पक्राउ गरी ल्याएका छौं,’ डिएसपी कार्कीले संगालोखबरसँग भने ।

प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!