संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरमा लोहोरोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङ छन् ।

शुक्रबार दिउँसो करिव ४ बजे सामान्य घरायशी विषयमा विवाद हुँदा नेम्बाङले उनकी श्रीमती ४५ बर्षीया जिवन कुमारीलाई लोहोरोले टाउकोमा हानेका थिए । लोहोरो प्रहारबाट घाइते भएकी नेम्बाङको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतवार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

Advertisement

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले ईन्द्र कुमारलाई नियन्त्रणमा लिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!