- संगालोखबर सम्वाददाता
दुर्घटनाग्रस्त ट्याक्टर । तस्वीर सौजन्य: लोकेन्द्र श्रेष्ठ

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जितपुरबाट लकडी लिन साफु जाँदै गरेको प्र १–०४००१ त ०३८८ नम्बरको ट्याक्टर बिहान करिब ९ बजे जितपुर बजार नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी पाख्रीवास नगरपालिका–९ का २२ बर्षीय टेकबहादुर दर्लामी मगर, १५ बर्षीय रितेश आले मगर, ३६ बर्षीय टेकबहादुर दर्लामी मगर र १५ बर्षीय भक्त बहादुर दर्लामी मगर घाइते भएका छन् ।

Advertisement

जितपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य छ । भित्तामा ठोक्किएर ट्याक्टर सडकमै पल्टिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!