संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसबाट तीन जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका–५ का २८ बर्षीय सौहार्द राई, उदयपुरको बेलका नगरपालिका–७ का २२ बर्षीय योगेन्द्र राई र ३२ बर्षीय निशान राई छन् ।

Advertisement

शनिवार क्याम्पसमा सञ्चालन भएको शसस्त्र प्रहरी बलको जवान पदको लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । योगेन्द्र राईको १२४२० दर्ता नम्बर भएको प्रवेश पत्रबाट सौहार्द राई नक्कली परीक्षार्थी बनि परीक्षा हलमा प्रवेश गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

परीक्षा हलमा शौहार्दलाई प्रवेश गराउन सहयोग गर्दै गरेको अवस्थामा निशान र आफ्नो परीक्षा अकैलाई दिन लगाउने योगेन्द्रलाईसमेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!