संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिले मनाउने तमु ल्होसारको अवसरमा शुभकामना सन्देश दिएका छन् । मुख्यमन्त्री राईले प्रदेश नं. १ र देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ (तमु) दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा तमु ल्होसारका अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना दिएका हुन् ।

Advertisement

तमु ल्होसार पर्व गुरुङ जातिले नया“ वर्ष सुरुआतको रुपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रुपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय भेषभूषा लगाउने चलन छ । गुरुङ समुदायमा यस पर्वका दिन आफन्तजन, नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्यहरू नाच्दै रमाइलो गर्ने परम्परा छ ।

मुख्यमन्त्री राईले नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको उल्लेख गर्दै यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको जनाएका छन् । ‘त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ, त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो’ मुख्यमन्त्री राईले शुभकामना सन्देशमा भनिएको छ ।

उनले हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्दै यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!