- संगालोखबर सम्बाददाता

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका–१ बसपार्कस्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी गस्ति टोलीले करिव ३ लाख ६३ हजार २ सय ५० रुपैंया मूल्य बराबरको अवैध औषधी तथा क्लिप बरामद गरेको हो ।

Advertisement

अवैध रुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा, कृषि बालीमा प्रयोग हुने औषधी पीवीओजी ४ कार्टुन, केएच२पीओ १५ प्याकेट, सिलिलङ २० बोतल र वाटरपुःए लेखिएको मेसिन १ थान बरामद भएको हो ।

बरामद गरिएका अवैध सामानहरुलाई राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!