संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको भेडेटारमा आयोजित ९ औं भेडेटार फुड फेस्टिवल उद्घाटनका अवसरमा शुक्रबार दुई जना पत्रकारलाई पुरस्कृत गरिएको छ । फेस्टिवल आयोजक होटल एशोसिएसन भेडेटारले धनकुटाका पत्रकार खगेन्द्रप्रसाद घिमिरे र सुनसरीकी पत्रकार मनिता चाम्लिङ्गलाई पुरस्कृत गरेको हो ।

Advertisement

संगालोखबर अनलाइनका सल्लाहकारसमेत रहेका घिमिरे द हिमालयन टाइम्समा कार्यरत छन् । उनी पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष पनि हुन् । सुनसरीकी पत्रकार चाम्लिङ्ग दिब्य रोसनी साप्ताहिकमा सम्पादकको रुपमा कार्यरत छिन् ।

कार्यक्रममा प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री कार्की र आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष रुम्दालीले अविर, खादा र सम्मान पत्रसहित जनही नगद पाँच/पाँच हजार प्रदान गरेर दुवै पत्रकारलाई पुरस्कृत गरे ।

भेडेटार आसपास क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रशार गरी पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकार घिमिरे र चाम्लिङ्गलाई पुरस्कृत गरिएको होटल एशोसिएसन भेडेटारले जनाएको छ ।

यो पनि हेर्नुहोस्…

भेडेटारमा सुरु भयो फुड फेस्टिवल (फोटो फिचरसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!