- संगालोखबर सम्बाददाता

झापा । झापाको दमक नगरपालिका–१ स्थित रतुवा खोलाको बगरबाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माङसेवुङ गाउँपालिका–६ का ४६ बर्षीय बिरकुमार राई छन् ।

अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ति टोलीले खोलाको बगरमा शंकास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलासी गरेको थियो । सोही क्रममा उनले बोकेको झोला र हातमा झुन्ड्याएको जेव्रामा ८ किलोग्राम १६० ग्राम गाँजा बरामद भएको हो ।

गाँजासहित पक्राउ परेका राईको विषयमा इलाका प्रहरी कार्यालय दकमले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!