- संगालोखबर सम्बाददाता

झापा । झापाको मेचीनगर नगरपालिका–७ को एक घरमा भएको आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

Advertisement

मृत्यु हुँनेमा मेचीनगर–८ का ४५ बर्षीय शारद राजवंशी छन् । सिलिन्डर विस्फोट हुँदा उनी घाइते भएका थिए । उनलाई उपचारका लागि धुलाबारीस्थित एन्जल मेडिकलमा पुर्याउँने बित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराती करिव ९ बजे मेचीनगर–७ पिपल चोकका केशव पाठकको एक तले कच्ची घरमा कोही नभएको अवस्थामा आगलागी भएको थियो । आगो निभाउने क्रममा घरमा रहेको ग्यास सिलिण्डर पड्किएको हो ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!