संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

पाँचथर । पाँचथरमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फालेलुङ गाउँपालिका–७ फर्तिमा टोलका ३५ बर्षीय राज कुमार तामाङ छन् ।

शुक्रबार साँझ ५ बजे तामाङ आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेका थिए । लडेर घाईते भएका तामाङलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!