धनकुटा बजारमा घरबाटै मोटरसाइकल चोरी
धनकुटा । धनकुटा बजारमा गएराती घरबाटै मोटरसाइकल चोरी भएको छ । धनकुटा नगरपालिका–७ डाँडागाउँ बस्दै आएका सुजन राईको को ३० प २०१९ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको हो ।
सहिदभूमि गाउँपालिका–३ घर भएका राई मदनचौक नजिक रहेको पुनम पुस्तक पसलमा काम गर्दै आएका छन् । राई कोठा भाडामा बस्दै आएको डाँडागाउँस्थित घरको आगनबाट मोटरसाइकल चोरी भएको हो । बेलुका आगनमा मोटरसाइकल राखेर सुतेको भएपनि बिहान उठ्द...






























