संगालोखबर संम्बाददाता

विराटनगर । मोरङको बेलबारी नगरपालिका–४ पञ्चज्योती स्कुल टोलका ३० वर्षीय युवा सुरज भुजेल एक हप्तादेखि बेपत्ता भएका छन् । गत पुस १३ गते साँझ साढे ६ बजे घरबाट दुहबीस्थित आफ्नो डेरामा जान्छु भनि बस चढेको भएपनि हालसम्म उनी सम्पर्क बिहीन छन् ।

Advertisement

उनकी बहिनी शान्ता भुजेलले इलाका प्रहरी कार्यालय बेलबारीमा खोजतलासको निवेदन दिएकी छिन् । ‘दाजु सुरज भुजेल दुहबीस्थित डेरामा जान्छु भनि घरदेखि बस चढेर गएकोमा हालसम्म कोठामा नगएकोले कहाँ गयो भनि गाउँ घर लगायत आफन्तकोहरूमा खोजतलास गर्दा पनि फेला नपरेको हुँदा खोजतलास हुलियाँ परिपत्र गरी पाउँ,’ उक्त निवेदनमा उल्लेख छ ।

५ फिट ३ इन्च अग्लो, गहुँगोरो र अगाडि रातो धर्को भएको ज्याकेट, कालो जिन्सको पेन्ट र शरीरमा खैरो चक्लेटी रङको कपडा लगाएका उनी कहाँ गए भन्ने विषयमा कुनै जानकारी नभएको परिवारले जनाएको छ । उनको खोजीका लागि परिवार तथा आफन्तहरूले सबैसमक्ष अपिल गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!