संगालोखबर सम्बाददाता

विराटनगर । रोटरी क्लब विराटनगरको अध्यक्षमा कविन श्रेष्ठ चयन भएका छन् । धनकुटाको हिलेमा सम्पन्न क्लवको भेलाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मनोजविक्रम शाह, सचिवमा शिवप्रसाद अधिकारी, सह–सचिवमा प्रभु तोदी, कोषाध्यक्षमा नरेश राठी र सह–कोषाध्यक्षमा पूजा सिंह चयन भएका छन् ।

Advertisement

यस्तै सदस्यता विस्तारमा कोपिला अग्रवाल, क्लब प्रशासकमा सरिता अग्रवाल, सेवा परियोजनामा नन्दीप अग्रवाल, सार्वजनिक सम्पर्क अधिकारीमा विनिता धाडेवा, रोटरी कोषमा राजकुमार शर्मा, युवा सेवामा विनोद अग्रवाल प्रमुख (संयोजक) छन् ।

सचेतकमा प्रविण अग्रवाल, क्लब सम्पादकमा दिनेश गडतौला, सल्लाहकारमा बेनीगोपाल मुन्दडा, प्रशिक्षकमा बद्री कटुवाल, सूचना प्रविधि व्यवस्थापनमा इन्द्रकुमार पौडेल, वेव डिजाइनरमा हितेष झुनझुनवाला चयन भएका छन् ।

निर्वाचन समितिका प्रमुख आयुक्त बेनीगोपाल मुन्दडा र आयुक्तद्वय डा. बिजु थपलिया र विनोद अग्रवालको टोलीले उनीहरूलाई सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका हुन् । सो अवसरमा रोटरी क्लब विराटनगरका अध्यक्ष सुरेन्द्र गोल्छा र प्रस्तावित अध्यक्ष कमल बस्नेतले शुभकामना दिए ।

नयाँ समितिको कार्यकाल आगामी असारको दोस्रो हप्तादेखि सुरू हुने रोटरी क्लवले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!