संगालोखबर सम्बाददाता
फायल तस्बीर

विराटनगर। विराटनगर महानगरपालिका–११ मा रहेको एक माछा पोखरीमा युवा मृत भेटिएका छन् । स्थानीय २८ बर्षिय सुजन कामत पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।

कामत पुस १५ गते घरबाट हराएका थिए । हराइरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलवार साँझ गाउँकै पोखरीमा मृत अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!