गुडिरहेको बोलेरोलाई ढुंगाले किच्दा तीन जनाको मृत्यु
ओखलढुंगा । ओखलढुंगामा गुडिरहेको बोलेरोलाई माथीबाट खसेको ढुंगाले किच्दा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना गंभीर घाइते भएका छन् ।
ओखलढुंगा निशंखे सडकखण्ड अन्तरगत सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा सडक माथीबाट खसेको ढुंगाले लागेर बोलेरोमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा सिद्धिचरण नगरपालिका–१ का युषक कोईराला, युनिषा कोईराला र मानेभञ्ज्याङ्ग गाउँपालिका–१ का हेम बहादुर मगर...






























