संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–८ स्थित भित्री सडकखण्डमा ट्याक्टरले किच्दा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौबिसे–८ देउरालीका २० बर्षीय सुजन सोदेन लिम्बु छन् ।

आइतबार राती करिव साढे ७ बजे काठको गोलिया लिन जाँदै गरेको को.१ त ४७११ नम्बरको ट्याक्टरबाट उनी लडेका थिए । ट्याक्टरबाट लडेका लिम्बुलाई चक्काले किच्दा उनी घाइते भएका थिए । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

ट्याक्टर चालक भोजपुरका २४ बर्षीय बिजय राई फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय राजारानीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!